हिमालयन शेर्पा खप्तडको सेमिफाइनलमा



काठमाडौं ।

हिमालयन शेर्पा क्लबले पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पाले घरेलु टिम सुदुरपश्चिम ११ लाई २-१ गोलअन्तरले हरायो। पिस्टन मुतम्बाले खेलको ३४ औं मिनेटमा गोल गरेर हिमालयन शेर्पालाई १-० को अग्रतामा राखेका थिए। पहिलो हाफ यही एक गोलमा समाप्त भएको थियो।

दोस्रो हाफमा पनि हिमालयन शेर्पाले पहिलो गोल गड्डयो। सुरेश राईले ५५ औं मिनेटमा गोल गर्दा टिम २-० को अग्रतामा पुगेको थियो। यद्दपि ६७ औं मिनेटमा आत्मघाती गोलले हिमालयन शेर्पा २-१ मा खुम्चिएपनि जित भने हासिल गर्न सफल भएको थियो।

हिमालयन शेर्पाको भेट मनाध्र मस्र्याङदी क्लबसँग हुनेछ। प्रतियोगिताको विजेता टिमले २१ लाख र उपविजेता टिमले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्