छात्र छात्रा भलिबल चैतमा



पोखरा ।

कास्की जिल्लामा रहेको सामुदायिक विद्यालयहरु बिच भलिबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिबल संघ र सृर्जना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरा रंगशालामा चौथो कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो।

भलिबल खेलको विकास ग्रासरुटबाटै हुनुपर्छ भन्ने मान्यताका साथ दुई संघको आयोजनामा विद्यालयस्तरीय प्रतियोगिताको आयोजना हुन लागेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए। प्रतियोगिताबाट उत्कृष्ट २ खेलाडीलाई छात्रवृत्तिको समेत व्यवस्था गर्ने उनले बताए।

आगामी चैत ४ गतेदेखी सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख तथा उपविजेता टिमले ५० हजार र तेस्रो हुनेले ३० हजार स्पैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा जिल्लाभरबाट करिब ५० टिमको सहभागिता रहने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्