झरना नेपाल्स नेक्स्ट सुपर मोडल



च्यासल ललितपुर निवासी १९ वर्षिया झरना रेग्मी नेपाल्स नेक्स्ट सुपर मोडलको पाँचौ संस्करणको उपाधि विजेता बन्न सफल भएकी छन्। हालै राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सम्पन्न मोडल प्रतिस्पर्धामा उपाधि विजेता भएसँगै झरनाले माँ बंगलामुखी कन्ज्युमर कोपअरेटिभका तर्फबाट नगद पुरस्कार २५ हजार रुपियाँ प्राप्त गरिन् भने केज फिटनेसका तर्फबाट ४० हजार बराबरको फिटनेस प्याकेजका साथमा इन्टरनेसनल टूरका लागि हवाई टिकट पनि प्राप्त गरेकी छन्।

प्रतियोगितामा झरनाले वेष्ट बडीको उपाधि पनि जितेकी छन्। प्रतियोगितामा सानागाउँ लुभुकी विनी खड्गी फस्ट रनर्सअप भई केएसजेको तर्फबाट नगद १० हजार प्राप्त गरिन् भने ३० हजार बराबरको फिटनेस प्याकेज प्राप्त गरिन्। साथमा आन्तरिक टुरका लागि हवाई टिकट पनि प्राप्त गरिन्। नक्सालकी पालिजा मानन्धर सेकेन्ड रनर्सअप भई केज फिटनेसका तर्फबाट २० हजार बराबरको फिटनेस प्याकेज र आन्तरिक टूरका लागि हवाई टिकट प्राप्त गरिन्। पालिजाले वेष्ट वाक र अर्गनाइजर च्वाइसको अवार्डलाई पनि आफ्नो बनाइन्।

प्रतियोगितामा स्वीकृति भद्मराई मल्टिमिडिया तथा साइका भद्मराई फोटोजेनिक र पर्सनालिटी अवार्ड विजेता भए। आर एण्ड आर ग्रुपका लागि मन्जु श्रेष्ठले आयोजनाले गरेको प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य थिए। प्रतियोगितामा फोटोग्राफर राजभाई सुवाल, फिटनेस टेझनर पूजा बज्राचार्य, फिटनेस व्यवसायी उज्ज्वल कृष्ण श्रेष्ठ, कानून व्यवसायी लक्ष्मण महर्जन र आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्