सोनाक्षीविरुद्ध गैर जमानती वारेन्ट



बलिउड अभिनेत्री सोनाक्षी सिन्हा कानुनी झमेलामा फसेकी छिन्। उनी विरुद्ध चार वर्ष पुरानो मामलामा उत्तर प्रदेशको मुरादाबादस्थित कटघर अदालतले गैर जमानती वारेन्ट जारी गर्दै अप्रिल २५ मा अदालतमा हाजिर हुन आदेश दिएको छ।

सोनाक्षीमाथि चार वर्षअघि दिल्लीमा आयोजना हुने भनिएको एक कार्यक्रममा सहभागी हुने भन्दै ३७ लाख रुपियाँ लिएको र कार्यक्रममा सहभागी नभएको तथा उक्त रकम समेत फिर्ता नदिएको कार्यक्रम आयोजकले आरोप लगाएका छन्।

समाचारअनुसार मुरादाबादको कटघर नजिक बस्ने ईभेन्ट अर्गनाईजर प्रमोद शर्माले सोनाक्षीलाई प्रमूख अतिथिको रुपमा राख्दै उक्त कार्यक्रम आयोजना गर्ने योजनाअनुरुप उक्त रकम दिएको तर समारोहमा सोनाक्षी सहभागी नभएपछि उक्त पैसा फिर्ता माग्दा उनको म्यानेजरले पैसा फिर्ता दिन अस्विकार गरेपछि आयोजकले उनीविरुद्ध मुद्धा दायर गरेका थिए।

सन् २०१९ मा दाउर भएको उक्त मुद्धामा आफ्नो बयान दर्ता गर्न मुरादाबाद पुगेकी सोनाक्षी त्यसपछि लगातार अनुपस्थित भएपछि उनीविरुद्ध अदालतले गैर जमानती वारेन्ट जारी गरेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्