रञ्जना मिस तामाङ



एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनल नेपालद्वारा आयोजित चौधौ संस्करणको मिस तामाङ २०२२ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याध्र्बो तामाङले जितेकी छन्। हालै राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा रञ्जनाले उपाधिसँगै एक लाख नगद तथा गिफ्ट ह्याम्पर पाएकी छन्। त्यस्तै काभ्रेकी पुजा तामाङले फस्ट रनर्सअप भई ५० हजार रुपियाँ नगद पुरस्कार पारिन् भने डिजी लोप्चन सेकेन्ड रनर्सअप र प्रकृति पाख्रिन थर्ड रनर्सअप भए।

प्रतियोगितामा तामाध्र शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तान, डा. दिलबहादुर थोकर, मिस तामाङ २०१७ पिङ्की घिसिङ, मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायक थिए।

अनेरास्ववियुका पूर्व अध्यक्ष तथा सभासद नवीना लामाको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिनेता अमिर दोङ र सुष्मा मोक्तानले नृत्य प्रस्तुत गरेका थिए भने सन्जोक योन्जन र कुन्साङ वाइबाले गीत गाएका थिए। कार्यक्रम कोरियोग्राफर रोजिन शाक्य र सिर्जना पाख्रिनले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्