राप्रपा नेपाल गोरखामा बस्नेत, महोत्तरीमा यानिखर चयन



काठमाडौं ।

राप्रपा नेपालले संगठन विस्तारलाई तिब्रता दिएको छ । पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु धमाधम गठन भइरहेका छन् । यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिती गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय राप्रपा नेपाल महोत्तरी जिल्ला समिती गठन भएको छ ।

जनवर्गीय संगठनहरुमा युवक र विद्यार्थीको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवारले प्राप्त गरेका छन् । भोलि फाल्गुन २४ गते महिला संगठन केन्द्रीय समिती घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको तथा २८ गते राष्ट्रिय युवा मोर्चाको घोषणा हुने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्