युट्युब च्यानल सञ्चालन गर्न इजाजत लिनुपर्ने, ५ लाख रुपैयाँ दस्तुर लाग्ने



काठमाडौं ।

नेपाल सरकारले युट्युब च्यानल सञ्चालन गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको हो ।

सरकारले नियमावली संशोधन गर्दै युट्युब र सोही प्रकारका अन्य प्रसारणहरूलाई पहिलोपटक कानुनी दायरामा ल्याउन लागेको हो । सरकारले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न ओटीटी प्लेटफर्मका साथै इन्टरनेट मार्फत नियमित रुपमा श्रव्य दृश्य कार्यक्रम प्रशारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषितसमेत गरेको छ ।

युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको गुनासो बढ्दै गएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो । युट्युब सञ्चालन गर्न ५ लाख रुपैयाँ लाग्ने र इजाजत लिनुअघि उपभोक्ताको उमेरसमेत बर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्