आज प्रतिनिधि सभा बैठक बस्दै



काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज आइतबार दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक भएको छ । जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

संसद बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्