सुरक्षा चुनौती देखिएको भन्दै एमसीसीद्वारा आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन



काठमाडौं । 

लामो विवाद पछि नेपालको संसद्ले अमेरिकी सहयोग परियोजना  एमसीसी ध्वनि मतको आधारमा पारित गरेको भए पनि नेपालस्थित एमसीसीको कार्यालयमा कार्यरत कर्मचारीहरूलाई भने सुरक्षा चुनौती देखिएको भन्दै केही दिन घरमा नै बस्न निर्देशन दिइएको छ ।

एमसीसीका कारण नेपालका राजनीतिक दलहरू विभाजित भएको र एक समूह अहिले संसद्ले उक्त परियोजना पारित गरे पनि कार्यान्वयन हुन नदिने भन्दै भित्र भित्रै योजना बनाउन थालेको ‘सुइको’ पाएको भन्दै नेपालस्थित एमसीसीको कार्यालयले भने आफ्ना कर्मचारीलाई अहिले बाहिर ननिस्कन आग्रह गरेपछि ती कर्मचारी घरमा नै बस्न बाध्य भएको उच्च स्रोतले जानकारी दियो ।

वर्क फ्रम होमको अवधारणामा अहिले नेपालस्थित एमसीसीको कार्यालयमा कार्यरत कर्मचारीहरू घरबाट नै काम गरिरहेको पनि स्रोतले जानकारी दिएको छ । संसद्ले एमसीसी परियोजना पारित गरे पनि नेपालमा कार्यान्वयनको अवस्था जटिल रहेकाले मुलुकमा थप अस्थिरता बढ्दै जाने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्