अक्षरिका क्वार्टरफाइनलमा



काठमाडौं ।

अक्षरिका छैटौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अक्षरिकाले टाइमलाइनलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । काँडाघारीस्थित अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा कौस्तुभ एकेडेमी र डिफेन्डिङ च्याम्पियन केभीएस पनि अन्तिम आठमा पुगे ।

कौस्तुभले दर्शनालाई टाइब्रेकरमा ६–५ गोलले हरायो । निर्धारित समयमा १–१ बराबरी भएको थियो । केभीएसले एकलब्यमाथि ७–० को सहज जित दर्ता गर्यो । रोशन कार्की र विशाल दर्नालले २–२ गोल गरे भने उचित राई, सचित खडका र आभाष ठाकुरले १–१ गोल थपे ।

प्रतिक्रिया दिनुहोस्