एटलान्टा विजयी

0
Shares

लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ मा एटलान्टा विजयी भएको छ । एटलान्टाले साम्पडोरियामाथि ४–० को भारी गोलअन्तरले जितको नतिजा निकालेको हो । घरेलु मैदानमा एटलान्टाको फराकिलो जितमा टिउन कुपमाइनर्सले दुई तथा मारियो पासालिस र एलेक्से मिरानचुकले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुइ गोल निस्किएको थियो ।

जिविस स्टेडियम बरगामोमा सोमबार राति भएको खेलको छैटौं मिनेटमा मारियो पासालिसको गोलबाट घरेलु टोलीले शुरुवाती अग्रता लिएको थियो । उनले रेमो फ्रेउलेरको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए । २९औं मिनेटमा टिउन कुपमाइनर्सले गोल गर्दै एटलान्टालाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले माटियो पेसिनाको पासलाई सदुपयोग गरेका थिए ।

खेलको ६१औं मिनेटमा टिउन कुपमाइनर्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एटलान्टालाई सहज जिततर्फ अघि बढाए । उनले एलेक्से मिरानचुकको पासलाई सदुपयोग गरेका थिए । एक असिस्ट दिइसकेका एलेक्से मिरानचुकले ८६औं मिनेटमा रेमो फ्रेउलेरको पासमा गोल गर्दै एटलान्टाको फराकिलो जित पक्का गरे । जितसँगै एटलान्टाले २६ खेलबाट ४७ अंक जोडेको छ । पराजित साम्पडोरियाको २६ अंक रहेको छ ।