रमा मम ब्युटी



आमा भइसकेका सकेका नारीका बीच आयोजित सौन्दर्य प्रतियोगितामा रमा खड्का पौडेल द मम–व्युटी कन्टेस्ट चुनिएकी छन्। मोडल सङ्स नेपालले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा उनले मुख्य उपाधिको ताजसँगै विधागततर्फको मस्ट पपुलर अवार्डलाई समेत आफ्नो बनाइन्। उनले उपाधि जितेबापत पुरस्कारस्वरूप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पाइन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेती डियन्स च्वाइस र बेस्ट स्माइल, ललिता शेर्पा ट्यालेन्ट, बेस्ट पर्सनालिटी र मस्ट फोटोजेनिक, दीपिका पौडेल कन्फिडेन्ट, सिलसिला गुरुङ डिसिप्लिन, सरस्वती डंगोल महर्जन इनोसेन्ट अवार्ड विजेता भए। रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए।

पूर्वसूचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवको प्रमुख आतिथ्यता तथा अभिनेता भुवन केसी, कलाकार किरण केसी, हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माको आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्