रिद्धि सिद्धि सिमेन्टद्वारा कन्ट्रयाक्टर मिटको आयोजना



काठमाडौं (नेस) ।

रिद्धि सिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिङ सुझाबलगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ ।

यही क्रममा कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कार्यक्रमको आयोजना गरेको छ । देशका विभिन्न स्थानहरूमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)सम्पन्न गरिसकेको यस संस्थाले आफ्नो ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही आफ्नो कन्ट्रयाक्टर मिटको आयोजना गरेको छ ।

निर्माण कार्यमा प्राविधिक रूपमा संलग्न सम्पूर्ण ठेकेदारहरूलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इन्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषतासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा पाँच सयभन्दा बढीको संख्यामा ठेकेदारहरूले अन्तक्र्रियाका लागि सहभागिता जनाएका थिए ।कम्पनीले नयाँ वर्ष २०७९लाई दृष्टिगत गर्दै ठेकेदारवर्ग लक्षित हात खालि नजाने आकर्षक उपहार योजना पनि सार्वजनिक गरेको छ । यो उपहार योजना गत फागुन १ गतेदेखि आगामी वैशाख ३१ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

यस उपहार योजनाअन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तीनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन् । साथै, योजनाको अन्त्यमा गोलाप्रथामार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा काठमाडौं–पोखरा भ्रमण प्योकज पनि जित्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्