अध्यागमनका कर्मचारीलाई छलेको सुन प्रहरीले पार्किङमा भेटायो



काठमाडौं ।

अध्यागमनका कर्मचारी छलेर पार्किङमा पुगेको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसपी भीम ढकालको नेतृत्वमा खटिएको प्रहरीले आइतबार फेला पारेको छ । कतार एयरवेजमा आइतबार कतारबाट काठमाडौं आउनु भएका सप्तरी मौवावेल्हरी वडा नम्बर ४ का एम. डि. सौकात अलिको साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट ब्रासलेट दुई वटा पक्राउ गरिएको त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिनुभयो ।

पक्राउ गरिएको सुन अन्दाजी सात लाख ९८ हजार ९ सय ६३ रहेको छ । सुन ल्याएको सुराकीका आधारमा पार्किङ स्थलमा खानतलासी गर्दा अलिको साथमा भन्सार छलेर ल्याएको अवैध सुन फेला परेपछि उहाँलाई पक्राउ गरिएको एसपी ढकालले जानकारी दिनुभयो ।

पक्राउ गरिएको सुन ९४.९ ग्राम रहेको छ । सुन तस्करीको आरोपमा पक्राउ परेका अलिलाई थप अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको एसपी ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्