यसिमा र रोजिना मिस र मिसेस ब्युटिफुल



राजधानीमा एक साथ एकै मञ्चमा सम्पन्न अविवाहित र विवाहित युवतीहरूबीचको सौन्दर्य प्रतियोगितामा यसिमा मल्ल ठकुरीले मिस ब्युटिफुल नेपाल २०२२ र रोजिना अधिकारीले मिसेस ब्युटिफुल नेपाल २०२२ को उप–उपाधि चुमेका छन्। यसिमाले मस्ट आइकनिक आइजको उपाधिलाई समेत आप्mनो बनाएकी छन् भने रोजिनाले मस्ट ट्यालेन्टेड र युट्युब मस्ट भ्युजको उप–उपाधि पनि जितेकी छन्।

पूर्वमन्त्री राजकिशोर यादवको प्रमुख आतिथ्यता तथा अभिनेताहरू भुवन केसी र किरण केसी तथा नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माको विशेष आतिथ्यतामा सम्पन्न सातौं संस्करणको मिस ब्युटीफुल नेपाल २०२२ मा अनिता खत्री (निसो) फस्ट रनर्सअपका साथमा मस्ट पपुलर र मस्ट पंचुअल, खुश्बु अग्रवाल सेकेन्ड रनर्सअपका साथमा युट्युब मस्ट भ्युज र वेस्ट स्किन तथा अंशु अर्याल थर्ड रनर्सअपका साथमा मस्ट डिसिप्लेन्ड भएका छन्।

विभिन्न चरणमा सम्पन्न मिस ब्युटीफुल नेपाल २०२२ मा शिल्पा बजीको वेस्ट स्माइल र मल्टी मिडिया च्वाइस, उषा घिमिरे वेस्ट डान्सर, नम्रता अधिकारी मस्ट फोटोजेनिक, उर्मिला बस्नेत बेस्ट ट्यालेन्ट, अस्मिता बखरेल बेस्ट फिजिक, गीता प्रसाईं वेस्ट पर्सनालिटी, बिनिता राना वेस्ट र्याम्पवाक र फेसन आइकन, माया पाण्डे मस्ट एक्टिभ र रञ्जना शाही वेस्ट हेयर उप–उपाधि विजेता भएका छन्।

त्यसैगरी, छैठौं संस्करणको विवाहित महिलाहरूबीचको मिसेस ब्युटिफुल नेपाल २०२२ मा माया श्रेष्ठ (मतिना) फस्ट रनर्सअपका साथमा वेस्ट र्याम्पवक र बेस्ट डान्सर, इन्दु कुँवर सेकेन्ड रनर्सअप र मस्ट पपुलरका साथमा मस्ट पंचुअल र सुनीता शाह ठकुरी मेनेजमेन्ट च्वाइसका साथमा बेस्ट स्माइल विजेता भए। सुमित्रा बज्राचार्य मस्ट डिसिप्लेन्ड र कल्पना पासवना मस्ट फोटोजेनिक उपउपाधि विजेता भए।

सौन्दर्य प्रतियोगिताका साथमा विभिन्न इभेन्ट आयोजना गर्दै आएको दक्ष इन्टरनेसनल प्रालिद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कलाकार उत्तम केसी, प्रेम पाण्डे र करुणा पाण्डे, निर्देशक कल्याण अधिकारी, कोरियोग्राफर अश्विनी झा, इभेन्ट आयोजक अश्विनी झा, सौन्दर्यकर्मी रचना शाक्य, रेणु शाक्य र गीता पौडेललाई सम्मान गरिएको थियो।

कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री, चर्म रोग विशेषज्ञ डा. अर्पण शाह, नेपाल हेयरहोस्टेस एकेडेमीकी निर्देशक रेजिना तुलाधर, अभिनेता रमेश उप्रेती, संगीतकार तथा गायक अंकित श्रेष्ठ, शिक्षाविद् पूर्ण लामा र गायिका सोना अमात्य निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्