एमसीसीबारे एमालेको धारणा सार्वजनिक गर्दै अध्यक्ष ओली



काठमाडौं ।

अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले त्यसबारे आज आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन गर्दैछन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक हुनेछ । एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्