एमसीसी सम्झौता अनुमोदनको अमेरिकाद्वारा स्वागत



काठमाडौं ।

अमेरिकाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएकोमा स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अब यस पाँच वर्षीय कार्यक्रम कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको भन्दै खुसी व्यक्त गरेको छ ।

एमसीसीलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपम सधैं नेपाल सरकारको हातमा रहेको भन्दै दूताबासले विज्ञप्तिमा भनेको छ– ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै सम्झौतालाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ र विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानी खर्च घट्नेछ ।’

विज्ञप्तिमा झण्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी सम्झौताले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको उल्लेख गर्दै आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवद्र्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कतिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्म्याक्ट सम्झौता गर्ने गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्