हलेसीमा तीन आर्थिक वर्षको भेटी दुई करोड रुपैयाँ



खोटाङ ।
फागुन–१६, त्रिधार्मिक स्थल हलेसी आउने दर्शनार्थीले तीन आर्थिक वर्षमा झन्डै दुई करोड रुपैयाँ भेटी चढाएका छन् । हलेसी आइपुगेकाले चढाएको भेटी गणना गर्दा १ करोड ९२ लाख, ३७ हजार ४ सय ८८ रुपैयाँ सङ्कलन भएको छ ।
हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईका अनुसार, आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २ सय १५ आय र ४२ लाख ४२ हजार ३ सय ५० खर्च भएको थियो । राईका अनुसार आर्थिक वर्ष २०७४/७५ भन्दा २०७५/७६ मा १ सय ९ प्रतिशतले आय वृद्धि भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा ५३ लाख, ८९ हजार, ८ सय ६९ हजार भेटी सङ्कलन भएको थियो । सो आर्थिक वर्ष ४० लाख ६२ हजार ५ सय २१ खर्च भएको छ । यस आर्थिक वर्षमा कोरोना कहरले हलेसी गुफा महिनौँ बन्द भएको थियो ।
यसै गरी, २०७७/७८ मा अघिल्लो आर्थिक वर्षभन्दा थोरै भेटी सङ्कलन भएको थियो । यस वर्ष ५१ लाख २८ हजार, ४ सय ४ रुपैयाँ सङ्कलन भएको हो । कोरोना कहरले हलेसी गुफा महिनौँ बन्द भएको यस आर्थिक वर्ष ३२ लाख, २६ हजार, १ सय ७९ खर्चको भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
तीन आर्थिक वर्षमा १ करोड ९२ लाख, ३७ हजार ४८८ रुपैयाँ सङ्कलन हुँदा १ करोड १५ लाख, ३१ हजार ५० रुपैयाँ खर्च भएको हो । दर्शनका लागि हलेसी आइपुगेका दर्शनार्थीले नेपाली रुपैयाँका अलावा १ लाख ८८ हजार, ८ सय ३८ भारतीय रुपैयाँ र १ हजार २ सय ७१ भुटानी रुपैयाँ भेटी चढाएका थिए ।
१ सय ४३ चिनियाँ वन, ९४ अमेरिकी डलर, हङकङ डलर २०, सिंगापुर डलर १० र कतारी रियाल २ रहेको छ । हलेसी आइपुगेका दर्शनार्थीले सुन, चाँदी, स–साना टीका, औँठी, बुनिया (काँचो चाँदी)समेत चढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्