बैतडीमा १ लाख ४२ हजारले लगाए खोप



बैतडी ।

बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ लाख ४२ हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँ जिल्लामा १ लाख ४२ हजार ६ सय २९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

यस्तै, बुस्टर डोज भने ४ हजार ३ सय १ जनाले लगाएका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार ३ सय ९९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ६ सय ९५ जनाले पूर्ण खोप लगाएका छन् । पाटन नगरपालिकामा १६ हजार १७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २६ हजार ४ सय ९५ जनाले पूर्ण खोप पाएका छन् ।

त्यसै गरी, जिल्लाको पुर्चौंडी नगरपालिकामा २१ हजार ३ सय ४० जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १८ हजार ४ सय ६३ जनाले पूर्ण खोप लगाएका छन् । मेलौली नगरपालिकामा १३ हजार ७ सय ८५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १० हजार ८ सय ४१ जनाले पूर्ण खोप लगाएका छन् ।

त्यस्तै, डिलाशैनी गाउँपालिकामा १७ हजार ७ सय ३३ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ४ सय ४३ जनाले पूर्ण खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा १३ हजार ८ सय १८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ५ सय ९५ जनाले पूर्ण खोप लगाएका छन् ।

यस्तै सुर्नया गाउँपालिकामा ९ हजार ६ सय ९६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ९ हजार ९ सय २० जनाले पूर्ण खोप लगाएका छन् । पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९ सय ७० जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ६ हजार ९ सय ९५ जनाले पूर्ण खोप लगाएका छन् ।

त्यस्तै शिवनाथ गाउँपालिकामा ७ हजार ५ सय ३९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ३ सय ८० जनाले पूर्ण खोप लगाएका छन् । जिल्लाको सिगास गाउँपालिकामा ९ हजार ३ सय ३२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ७ सय १९ जनाले पूर्ण खोप पाएका छन् ।

जिल्लामा १२ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्ध खोप दिने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्