कार दुर्घटनामा चार वर्षीय बालकको मृत्यु 



पर्वत (नेस) ।

पर्वतमा आइतबार राति भएको कार दुर्घटनामा एक चार वर्षीय बालकको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं. ८ दोविल्लामा कार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बागलुङबाट पोखरा जाँदै गरेको बा १० च ४३७२ नम्बरको निजी कार दुर्घटनामा परेको हो । दुर्घटनामा परी एकै परिवारका अन्य ३ जना पनि घाइते भएका छन् ।

घाइते हुनेहरूमा लिलावती कोइराला, सुशीला दवाडी र चालक अर्जुन कोइराला घाइते भएका छन् । उनीहरू सबै जना एकै परिवारका सदस्य हुन् । कार मध्य पहाडी सडकबाट केही मिटर तल खसेको थियो ।  प्रहरी प्रमुख बुढाथोकीका अनुसार घाइतेहरूको उपचार पर्वत अस्पतालमा भइरहेको छ । दुर्घटनामा पर्नेहरू स्याङ्जा जिल्लाको पुलतीबजार नगरपालिकाका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्