बनेपामा शंकास्पद वस्तु भेटियो, बम भएको आशंका



काभ्रे ।

काभ्रेको बनेपा पुलबजार नजिक अरनिको राजमार्गमा शंकास्पद वस्तु भेटिएको छ। सडकमा रातो झोलाभित्र ‘नो एमसीसी, खतरा’ लेखेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो। उक्त क्षेत्रलाई आवागमन रोकेर नेपाल प्रहरीले सुरक्षीत राखेको छ ।

उक्त बस्तु बम भएको आशंका छ । उक्त बस्तुलाई नेपाली सेनाले डिस्पोजको तयारी गरेको छ । उक्त वस्तु राखेको आशंकामा मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । प्रकाउ परेकालाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।

संसदबाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दका कारण ठाउँ ठाउँमा हिंसात्मक गतिविधीसमेत हुन थालेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् ।

 

तस्बिर : मोतीराम तिमल्सिना

प्रतिक्रिया दिनुहोस्