प्रचण्डको पाँचबुँदे स्पष्टीकरण



काठमाडौं, (नेस) ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्ने निर्णयप्रति चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टीकरण दिनुभएको छ । पार्टीभित्रबाट प्रचण्डको विरोध भएपछि उहाँले पाँचबुँदे स्पष्टीकरण दिँदै व्याख्यात्मक घोषणा सही कदम भएको बताउनुभएको हो ।

व्याख्यात्मक घोषणासँगै एमसीसी पारित गर्न लागिएको बताउँदै प्रचण्डले अब गलत व्याख्या गर्न आवश्यक नरहेको बताउनुभयो । प्रचण्डले भन्नुभयो– ‘हाम्रो पार्टी र नेतृत्वले लिएको पछिल्लो निर्मम निर्णय सही छ । हामीले गरेको अनुमानभन्दा धेरै माथिबाट व्याख्यात्मक प्रस्ताव तयार भएको छ । यसबाट उत्पन्न दर्जनौं प्रश्नहरूको जवाफ दिन हामी तयार हुने नै छौं । व्याख्यात्मक टिप्पणी प्रचार गरिएको जस्तो एकतर्फी होइन, त्यसका लागि प्रतीक्षा गरौं, नेतृत्वप्रति विश्वास गरौं ।’

सबै प्रक्रियाबाट पारित दस्तावेज अस्वीकार गरे नेपालको तर्फबाट एकतर्फी सम्झौता भंग भएको घोषणा गर्न सक्ने उल्लेख गर्दै प्रचण्डले सरकार, सदन र सडकको संघर्षको एकीकृत बलबाट यो उपलब्धि प्राप्त भएको र यो सामान्य व्याख्यात्मक टिप्पणी मात्र नभई परिमार्जित नै भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्