व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय



काठमाडौं ।

आइतबार खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।  सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित थियो ।

आइतबार बिहान प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले भने एमसीसी पास गर्न निर्णय गरेको छ । माओवादी केन्द्रको यो निर्णयसँगै संसदमा टेबल भएको एमसीसी पारित हुने सम्भावना बढेको छ ।

संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्