आक्रमणको निन्दा



काठमाडौं, (नेस) ।

आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहेका सञ्चारकर्मीमाथि आक्रमण हुनु निन्दनीय मात्रै नभई असह्य पनि भएको मिडिया अलाइन्स नेपालले जनाएको छ ।

अलाइन्सका महासचिव दिरेकलाल श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै राजधानीको बानेश्वर, अनामनगर र माइतीघर क्षेत्रमा एमसीसीको विरोधमा भइरहेको प्रदर्शनको समाचार संकलन गरिरहेका सञ्चारकर्मीमाथि भएको आक्रमणको घोर निन्दा गरेको जनाउनुभएको छ ।

आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहेका सञ्चारकर्मी एभिन्युज खबरका क्यामेरापर्सन सुरेश रजकलाई केही उच्छृंखल समूहले ढुंगा प्रहार गरी घाइते बनाएको छ । अलाइन्सले घटनाको छानविन गरी दोषीउपर तत्काल कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्