निःशुल्क फलामे चुलो वितरण



डोटी, (नेस) ।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका नागरिकलाई निःशुल्करूपमा धूँवारहित फलामे चुलो वितरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक संस्थाले ३ सय घर–परिवारलाई चुलो वितरण गरेको हो ।

धूँवाका कारण मानव स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेपछि आफूहरुले उक्त धूँवारहित फलामे चुलो वितरण गर्न शुरु गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । उक्त चुलोले श्वास–प्रश्वासको समस्या, आखाँको समस्यालाई हटाउनुका साथै दाउराको प्रयोगमा पनि कमी आउने भएकाले चुलो अति उपयोगी भएको वडाअध्यक्ष अमरबहादुर चयडा बताउनुहन्छ ।

उक्त संस्थाको केयर एन्ड रिलिफ परियोजनाअन्तर्गत गैरागाउँका पातल, नागडा, गन्नपाला, धामीठाटा र चौवालाका ३ सय घरधुरीलाई सो चुलो निःशुल्क वितरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्