एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्छ : पौडेल



g]sfF kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s g]kfnL sfFu|]; kf6L{ s]G›Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f

तनहुँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न सक्ने बताएका छन् ।

प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको बताए ।

‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, उनले भने, – ‘उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्