अपर मुस्ताङको सुन्दरता (तस्बिरमा हेर्नुहोस्)



न्युज अफ नेपाल, काठमाडौं ।

अपर मुस्ताङ विदेशीसँगै आन्तरिक पर्यटकका लागि पनि आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ । सवारी साधनको पहुँच पुगेपछि अहिले त्यस क्षेत्रको भ्रमण गर्नेहरुको संख्या बढ्दै गएको छ ।

नेपालको अन्य भौगोलिक बनोट भन्दा फरक रहेको अपर मुस्ताङको प्राकृतिक सौन्दर्यले आम मानिसको मन तान्ने गरेको छ । मनोरम दृश्यले हरेक मानिसलाई अपर मुस्ताङले आकर्षित गरिरहेको हुन्छ । एक पटक हरेक नेपाली अपर मुस्ताङको मनोरम दृश्य अवलोकन गर्न जाने हो भने आन्तरिक पर्यटनले बढवा पाउने थियो भने त्यहाँको आर्थिक अवस्था अझै मजबुत बन्ने देखिन्छ ।

म्याग्दीको बेनी देखि जोमसोम सम्मको अत्यास लाग्दो बाटो पार गरेर जोमसोम पुगेपछि भने हरेक मानिस रमाउने गरेको देखिन्छ ।

सबै तस्बिर : दिपक रिजाल

प्रतिक्रिया दिनुहोस्