नायक पल शाहविरुद्ध जबरजस्ती करणी जाहेरी



तनहुँ ।

नायक तथा मोडल पल शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा तनहुँ प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । नायक शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै प्रहरी नायव उपरीक्षक युवराज खड्काले भन्नुभयो–‘जाहेरी दर्ता भएको छ, अनुसन्धान शुरू गरेका छौं,’

डीएसपी खड्काले १७ वर्षीया एक गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पीडितका परिवारले बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको बताउनुभयो । नायक शाहले २०७८ साल वैशाख १४ गते ललाइफकाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । त्यस्तै, २०७७ साल पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ । तनहुँमा घटना भएकाले यहाँ जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्