मधेस प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मको लागि स्थगित



जनकपुर ।

मधेस प्रदेशसभाको मंगलबार बस्ने भनिएको बैठक बस्दै नबसी फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मको लागि स्थगित गरेको हो ।

प्रदेशसभा भवनको कम्पाउण्डभित्र कालोपत्र गर्ने काम भइरहेको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त रहेकोले बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्