निर्वाचन घाेषणाविरुद्धकाे रिटमा आज प्रारम्भिक सुनुवाइ



काठमाडौं ।

स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो ।

महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ। सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दर्ता गर्न अस्वीकार ९दरपीठ० गरेको थियो ।

पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हो । ०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, यो पटक ७५३ वटै स्थानीय तहको निर्वाचन एक पटक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्