विश्वराम र मनीषा पहिलो



काठमाडौं ।

भक्तपुरको जेसिस माविका विश्वराम कुँवर र काठमाडौंको विजेश्वरी ज्ञान मन्दिरकी मनीषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौडमा पहिला भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित दौडको छात्र ५ किलोमिटर दूरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गरे । ललितपुरको पिनाकल एकेडेमीका विकेश घिमिरे दोश्रो, भक्तपुरको बागेश्वरी माविका अमराज थापा तेश्रो, भक्तपुरकै सैनिक आवासीय माविका ईश्वरचन्द्र बस्नेत चौथो र बागेश्वरीका अविराज राईले पाँचौं स्थानमा रहे ।

छात्राको ३ किलोमिटर दूरी मनीषाले १५ मिनेट १५.८ सेकेन्डमा सकाइन् । दोश्रोदेखि चौथो स्थान हासिल गर्नेमा क्रमशः जेसिसकी प्रकृति सुवाल, काठमाडौंको नेपाल आदर्श माविकी सरिता साह, जेसिसका उर्जा मधिकर्मी र स्वागता खाइजु रहेका छन् । दुवै विधामा शीर्ष पाँचमा रहेकाले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए ।

प्रतिक्रिया दिनुहोस्