प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



फाइल तस्बिर

काठमाडौं ।

आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। गठबन्धनमा एमसीसी सम्झौताको विषय पेचिलो बनिरहेका बेला मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसीसीको पक्ष र विपक्षमा उभिएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्बाट अनुमोदन गराउने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी त्यसको विपक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्