बसको ठक्करबाट बालाजुमा दुई जनाको मृत्यु



काठमाडौं ।

काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ । आज बिहान करिब ६ बजे बसले दुई जनालाई किचेर फरार भएको बताइएको छ । मृत्यु हुनेमा रसुवाका विकास तामाङ र नाम नखुलेकी एक महिला छन् ।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनिहरुलाई ठक्कर दिएको थियो । ठक्कर दिने बसको नम्बर भने खुल्न सकेको छैन । केही शङ्कास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्