शैक्षिकसत्र जेठ १ बाट शुरू गर्ने निर्णय



काठमाडौं, (नेस) ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र शुरू गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशाखमा सक्ने निर्णय गरेको छ ।

प्रवक्ता शर्माले स्थानीय तहले आफ्नो अनुकूलअनुसार कक्षा ८ को परीक्षा वैशाखमा नै सक्नुपर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्