आज पनि एमालेले संसदमा विरोध जारी राख्ने



काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । बैठक दिउँसो १ बजे बस्दैछ । आफूले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ ।’

सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । एमालेका माग कार्यव्यवस्था समितिलाई जानकारी गराइने नेम्वाङले बताए । एमसीसीको विषयमा भने एमाले ‘पर्ख र हेर’को अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्