माओवादी केन्द्र संसदीय दलको बैठक शुरू

0
Shares

काठमाडौं ।

सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक शुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक भर्खरै शुरू भएको हो ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

माओवादीका जनवर्गीय संगठन अहिलेको अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन् । सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन् ।