मन्त्री आलेलाई बदनाम गर्ने षड्यन्त्र भयो : सचिवालय

0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई उत्तेजित पारेर एक वर्ष अघि गरेको कुराकानीलाई अहिले आएर ‘एडिट’ गरेर भिडियो सार्वजनिक गरेको सचिवालयको आरोप छ । भारतमा बसेर नेपाली नेताहरूलाई लिएर सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ताका रूपमा आफूलाई चिनाउँदै आएका जगत ओलीले निरन्तर रूपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उहाँलाई हप्काएको कुरा अहिले आएर चर्चामा ल्याइएको भन्दै मन्त्री आलेको सचिवालयले आपत्ति जनाएको छ ।

एक वर्षअघि आलेसँग भएको संवाद एक वर्षपछि ओलीले सार्वजनिक गरेको पर्यटन मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । मन्त्री आलेसँग मुम्बईमा बसेर ओलीले  ५० लाख रुपैयाँ माग गरेको र अन्तिममा रु २० लाख नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको रेग्मीको जिकिर छ । निरन्तर रूपमा मन्त्री आले लगायतका नेताहरूका विरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक पटक मानसिक तनाव दिएपछि मन्त्री आलेले उहाँलाई गाली गरेको बताइएको छ ।

मन्त्री आले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिहरूका कार्यकर्ताले मन्त्री आले विरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पारेर भिडियो रेकर्ड गरेको र उक्त कार्यका विरुद्ध कानुनी उपचार खोज्ने रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री ज्युलाई षडयन्त्रपूर्वक भिडियो बनाएर बदनाम गर्नेरगराउने काम भएको छ, कानुनी उपचार खोज्छौँ ।” ओलीले ब्ल्याकमेल गर्दै आएको र उहाँलाई पटक पटक सम्झाउँदा बुझाउँदा पनि नमानेको र उल्टै मन्त्री आलेको मानमर्दन हुने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेको प्रमुख स्वकीय सचिव रेग्मीको आरोप छ ।

भारतमा बसेर मन्त्री आलेलाई सामाजिक सञ्जालमा गाली गलौच गर्नुका साथै पटक पटक मानसिक तनाव दिनुका साथै अश्लिल शब्द प्रयोग गर्दै आएका ओलीले मन्त्री आले समाजवादी पार्टीमा प्रवेश गरेपछि एक वर्षअघि भएको संवाद हाल सार्वजनिक गरेको मन्त्री आलेका स्वकीय सचिव रेग्मीको आरोप छ । निरन्तर रूपमा बार्गेनिङ गर्दै आएका ओलीले मन्त्री आलेलाई लिएर असभ्य टिप्पणी गर्नुका साथै गाली गरेको र भिडियोमा आफूले बोलेको असभ्य गालीलाई काटेर मन्त्री आलेको कुरा मात्र राखेको सचिवालयको आरोप छ ।

भारतमा बसेर मन्त्री आलेलाई सामाजिक सञ्जालमा गालौ गलौच गर्नुका साथै पटक पटक मानसिक तनाव दिनुका साथै अश्लिल शब्द प्रयोग गर्दै आएका ओलीले मन्त्री आले समाजवादी पार्टीमा प्रवेश गरेपछि एक वर्षअघि भएको संवाद हाल सार्वजनिक गरेको मन्त्री आलेका स्वकीय सचिव रेग्मीको भनाई छ । निरन्तर रूपमा बार्गेनिङ गर्दै आएका ओलीले मन्त्री आलेलाई लिएर असभ्य टिप्पणी गर्नुका साथै गाली गरेको र भिडियोमा आफूले बोलेको असभ्य गालीलाई काटेर मन्त्री आलेको कुरा मात्र राखेको सचिवालयको आरोप छ ।