मन्त्री लामाविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर

0
Shares

काठमाडौं ।

फौजदारी कसुरमा सजाय भोकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै विवाद बढिरहेको बेला कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामाविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर ३ का विनिता बोगटीले सोमबार रिट दायर गरेकी हुन् ।

रिटमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यस्तो अन्तिम फैसला भएको अवस्थामा प्रदेशसभा निर्वाचन ऐनविपरीत प्रदेशसभा सदस्यको उम्मेदवार हुन अयोग्य व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरिनु कानुनी राज्यको उपहास भएको उल्लेख छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २३ गते नियुक्त गरेका पाँच मन्त्रीमा लामा पनि परेका थिए ।