थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ८ हजार ६९६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। २ हजार ३१९ जना निको भएका छन्।