मुसहरहरूलाई सिपयुक्त बनाउन अभियान सञ्चालन

0
Shares

उदयपुर ।

त्रियुगा नगरपालिकाले विपन्न तथा पिछडिएका मुसहर समुदायलाई पेसा परिवर्तन गरी आर्थिक उपार्जनमा संलग्न गराउने अभियान थालेको छ । उनीहरूको रुचि अनुरूपको सिप उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले अभियान सुरु गरेको हो ।

नगरपालिकाद्वारा आयोजित अन्तरक्रियामा मुसहर समुदायले जीविकोपार्जनका बारेमा नगरप्रमुख बलदेव चौधरीसँग खुलेर कुराकानी गरेका छन् । अन्तरक्रियामा सहभागीहरूले व्यावसायिक सीप र ज्ञानको माग राखेका थिए । मुसहर समुदायका अगुवाहरूले नगरप्रमुख बलदेवसँग अगरबत्ती बनाउने, सिलाई कटाई, दालमोठ भुजिया बनाउने, मोटरसाइकल मर्मत, ग्रिल बनाउने तालिम तथा तरकारी, पशुपालनसम्बन्धी तालिमको माग राखेका  छन् । उनीहरूले आयआर्जनमूलक सीपका साथै शिक्षा, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमको माग पनि गरेका छन् ।

सदा समुदाय ज्याला, मजदुरी र बनिबुतोको भरमा जीविकोपार्जन गरिरहेका छन् । राजनैतिक, सामाजिक, आर्थिक सबै हिसाबले सो समुदाय पछाडि पारिएको समुदाय हो । जमिनको स्वामित्वबाट वञ्चित, उद्यमदेखि टाढा रहेका सदा समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि टाढा छन् । उनीहरूको आर्थिक उर्पाजन गरी गर्न सकिन्छ कि भनेर अन्तरक्रिया गरेको नगर प्रमुख चौधरीले बताए ।

न्युज कारखाना