मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

0
Shares

झापा ।

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

मोबाइल बिगारेको विषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

चिरपटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ
आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई पक्राउ गरेको छ ।

उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।

भण्डारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

न्युज कारखाना