प्रेस चौतारीको महाधिवेशन फागुन २७ गते

0
Shares

काठमाडौं । नेकपा एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ ।

चौतारीको आज बसेको सचिवालय बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले जानकारी दिए ।

 

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने छन् ।