थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने तीन हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।