बुधबारसम्मका लागि संसद बैठक स्थगित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि बोलाइएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो ।

विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले बुधबारका लागि सारिएको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने भनिएको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएका बेला प्रतिनिधिसभाको बैठक सारिएको हो ।