तातोपानीको मूल सुक्यो

0
Shares

रसुवा, (नेस) ।

रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको चिलिमे गोङगाङभन्दा माथि रहेको तातोपानीको मूल सुकेको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण हराएको तातोपानीको मूल पाँच वर्ष पछि गएको भदौमा पलाएको थियो । तर, केही दिनअघि मूल पुन सुकेको हो ।

तामाङ सम्पदा मार्गमा पर्ने तातोपानीको मूल सुकेपछि आन्तरिक तथा बाह्य पर्यटकसमेत घटेका छन् । दम रोग, घाउ, खटिरा, एलर्जी, टाउको दुखेको बाथ रोग, गानुगोलाका रोग निको हुने भन्दै बिरामी तातोपानीमा नुहाउन आउनेको स्थानीय बताउँछन् । चैत र कात्तिकमा पर्यटक बढी आने गरेका थिए । तर, तातोपानी सुकेपछि त्यहाँ रहेका निजी होटलसमेत खाली भएका छन् ।