नेपाल बारले फेरि आजबाट सर्वोच्च परिसरमा प्रदर्शन गर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आज (आइतबार) देखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निणर्य गरेको हो । कोरोना संक्रमणको कारण सर्वोच्च अदालतले सेवा कटौती गरेपछि बारले पनि भौतिक उपस्थितिको साटो हरेक दिन ११ बजेदेखि १२ बजेसम्म भर्चुअल रुपमा विरोध प्रदर्शन गरिरहेको थियो । सर्वोच्च अदालतले सबै सेवा खुलाएको दिनदेखि नै बारले पनि भर्चुअलको सट्टा भौतिक उपस्थितिमै प्रदर्शन शुरु गर्ने निणर्य गरेको हो ।