सर्वोच्च अदालतको सबै सेवा आजदेखि पुनः सञ्चालन

0
Shares

काठमाडौं (नेस) ।

सर्वोच्च अदालतले कोरोना संक्रमणको उच्च जोखिम रहेको बेला कटौती गरिएको सेवा प्रवाह आज आइतबारदेखि पुनः शुरू गर्ने भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सर्वोच्चले माघ ४ देखि माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेकोमा आज आइतबारदेखि सबै सेवा पुनः सञ्चालन हुने बताउनुभएको हो ।

अदालतले शुरूमा माघ १८ गतेसम्मका लागि विभिन्न सेवा कटौती गरेकोमा पछि १० दिन थपेको थियो । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको भने नियमित सुनुवाइ गरेको थियो ।

त्यस्तै, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमित रूपमा सञ्चालन गर्ने, मुलुकी फौजदारी एवं मिलापत्र संहिता, २०७४ को दफा ७३, १३७ (६) र १५५ बमोजिम थुनुवामा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिउपरको सुनुवाई गरिरहेको छ । अरू थुनुवा भएका मुद्दाको पनि सुनुवाइ गरेको थियो । यसै गरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ गरेको थियो ।