राष्ट्रपति र एमाले अध्यक्षको स्वास्थ्य शन्देश लिएर पुर्वमन्त्री श्रेष्ठ किष्ट अस्पतालमा

0
Shares

ललितपुर ।

राष्ट्रपति विद्यादेवी भण्डारी र पुर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पुर्वमन्त्री एवं एमाले नेता एवं काठमाडौं क्षेत्रनम्बर–९ का सांसद कृष्णगोपाल श्रेष्ठ मार्फत जोशीको स्वास्थ्य लाभको कामनासहित सन्देश पठाउनु भएको हो ।

जोशीलाई भेट्न पुर्वमन्त्री श्रेष्ठ बिहान किष्ट अस्पताल पुग्नुभएको थियो । जोशीसंग भेटको क्रममा उहाँले सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । उहाँले भन्नुभयो–राष्ट्रपति ज्यु र पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्षले संस्कृतिविद जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र मेरो तर्फबाट समेत उहाको अवस्थाबारे यतार्थ जानकारी लिन अस्पताल आएको हुँ । फोक्सोमा पानी जमेको कारण केही समस्या देखिएको र अस्पतालको वरिष्ठ चिकित्सकको टीमले फोक्सोबाट पानी निकालिसकेको कारण अब स्वाथ्यमा समस्या नदेखिएको उहाँको भनाई थियो ।

उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उहाँ अबको केही दिनमा निवासमै फर्कने बताउनुभएको छ–संस्कृतिविद जोशीको पछिल्लो अवस्थाबारे जानकारी गराउदै पुर्वमन्त्री श्रेष्ठले भन्नुभयो । उहाको अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । उहाँको उपचारमा कुनै समस्या नभएको बताउदै पुर्वमन्त्री श्रेष्ठले भन्नुभयो–उहाँको अनुहार हसिलो छ । भेटन आउने सबैलाई केही दिनमा निवास फर्कने बताउने गर्नुभएको छ–जोशीको अवस्थाबार जानकारी गराउदै पुर्वमन्त्री श्रेष्ठले भन्नुभयो ।

देशको जिउँदो इतिहहास बोकेको संसकृतिविद् जोशीको उपचारमा कुनै समस्या छैन । एक सताब्दी नाघिसक्नु भएका जोशीलाई स्वास्थ्यमा समस्या देखिनुका साथै निमोनिया देखिएपछि मंगलबारदेखि किष्ट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । मंगलबार छातीमा समस्या देखिएपछि उनलाई उपचारका लागि पाटन बखुम्बहालस्थित निवासबाट अस्पताल लगिएको थियो ।