उपत्यकामा एकैदिन १७ सयभन्दा बढी सवारी चालकमाथि कारवाही

0
Shares

काठमाडौं ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०३ जना सवारी चालकमाथि कारवाही गरेको छ । बिहीबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफीक प्रहरी महाशाखाले जनाएको छ ।

कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ३५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

न्युज कारखाना