कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट शुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने बताइएको छ ।